जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार १४:०२

सुकुम्बासी बस्तीका २२ परिवार मात्रै सुकुम्वासी, अरु कोही सम्पर्कमै आएनन


काठमाडौं, बैशाख १२। थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्तीका २२ परिवार मात्रै सम्पर्कमा आएको सरकारले जनाएको छ । शनिवार बिहान सो बस्ती खाली गरिएको छ।

बस्ती खाली गर्ने क्रममा आफूहरू घरवारविहीन भएको बताउने २२ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा उनीहरुलाई रंगशालामा व्यवस्थापन गरिएको हो।

टहरा हटाउनु अघि नै स्वेच्छाले अन्यत्र स्थानान्तरण हुन चाहने परिवारलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यसम्म पुग्न मानवीय सहयोग, सवारी साधन तथा आवश्यक व्यवस्थापकीय सहयोग उपलब्ध गराएको थियो ।

सरकारको सम्पर्कमा आएका घरबारविहीन भएको बताउने परिवारलाई रंगशालामा ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध सरकारले मिलाउने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत सुकुम्बासी बस्ती खाली गराएको हो । आज बिहानैदेखि सुकुम्बासी बस्तीका बासिन्दाहरुले आफनो सरसामान हटाएका थिए । डोजर चल्नुअघि नै उनीहरुको सरसामान हटाइ टहराहरु भत्काएको छ । सरकारले सक्कली सुकुम्बासीको पहिचान नहुँदासम्म अल्पकालिन व्यवस्था गरेको छ । जसमध्ये ८ परिवार रंगशाला पुगेका छन । सरकारले सक्कली सुकुम्बासीको पहिचान नहुँदासम्म अल्पकालिन व्यवस्था गरेको छ ।

यस्तै थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ । आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको हो । अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई दशरथ रंगशालामा लगिएको छ ।