रास्वपा बरिष्ठ नेता बालेन साह नेतृत्वको सरकार अभिभावकको साटो आतंककारी जत्थामा परिणत हुँदा आतंकित बनेका नागरिकले घरघरमा जग्गाधनी पुर्जा (लालपुर्जा) टाँसेर शान्त बिद्रोहमा उत्रिएका छन ।
काठमाडौं, बैशाख १९ । शत्रु राष्ट्र घोषणा गरी इजरायलाथि इरान र इरानमाथि अमेरिका र इजरायलले बर्साएको बमवारी जसरी बालेन सरकार प्रस्तुत भएपछि नागरिक इतिहासमै सवैभन्दा आतंकित बनेका छन । बालेन सरकारले सुमुम्वासी व्यवस्थापनका नाममा ब्यक्तिका घरमा समेत अन्धाधुन्ध डोजर चलाउन थालेपछि उनीहरुमा आतंकित बनेका हुन ।
सरकारको यो तहको हर्कतपछि यतिबेला सुकुम्वासी रहेका बस्तीहरुका आफ्नो घर जोगाउन धमाधम जग्गाधनी पूर्जासहित सूचना नै टाँस गर्नुपरेको छ । जुन सूचनाले सरकार होइन, आतंककारी जत्थाको परिचय दिइरहेको छ ।
बालेन सरकार सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलाउन थालेपछि नागरिक शान्त बिद्रोहमा उत्रदै यसरी सूचना टाँस गर्न बाध्य भएका हुन । जस्को कारण लोकतान्त्रिक सभ्य सभाजमा कल्पनासम्म गर्न नसकिने दृष्य सुकुम्वासी बस्तीका वरपर देख्न थालिएको हो ।
सुकुम्वासीको पहिचान नगरी नदी किनारका जोसुकैको घरहरु धमाधम भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् । सरकारको यो शैलीको शिकार हुनबाट जोगिन नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।

बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा बालेन सरकारले शनिवार धोबीखोला क्षेत्रमा डोजर चलाउँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेर पहरा दिइरहेका हुन ।
सरकारले शनिवार बिहानैबाट धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलाएको छ । यसअघि थापाथली, संखमुल, सिनामंगल, मनोहरा, बल्खुलगायत खोला किनारका सुकुम्वासी बस्तीहरुमा सरकारले डोजर चलाइसकेको छ भने बिना आधार घर निकाला गरेर दुई जनाको ज्यानसमेत बालेन सरकारले लिएको छ । सरकारको ज्याद्धती सहन नसकेर १९ बर्षीय रविन तामाङ र ६१ बर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरी बालेन सरकारको आतंकसामू आफ्नो जीवन नै समाप्त पारेका छन ।













प्रतिक्रिया दिनुहोस्