काठमाडौं, वैशाख २१ । सम्पत्ति शुद्धीकरण विभागले वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा एकैपटक छापा मारेको छ । विभागको टोलीले सोमवार बानियाँको घर र कार्यालयमा छापा मारेको हो ।
बानियाँले अवैध सम्पत्ति लुकाएको आशंकामा छापा मारेको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ । विभागको टोली हेटौँडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उहाँको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो ।
यसैगरी काठमाडौंको नक्साल र सुनधारामा रहेको बानियाँको घर र कार्यालयमा पनि विभागले छापा मारेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति समेत रहनुभएका बानियाँ निर्माण व्यवसायी हुनुहुन्छ ।
अहिले पनि विभिन्न व्यवसायीक कम्पनीहरूमा उहाँको लगानी रहेको छ। मुख्यमन्त्रीका रूपमा रहँदा बानियाँ हेटौडाबाट सिरहाको पिकनिकमा हेलिकोप्टर चार्टर गरेर सबैलाई चकित पार्ने कामसमेत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्