काठमाडौं, जेठ १५ । बालेन सरकारले गृह मन्त्रालयको बजेटमा आधा कटौती गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-८४ बजेटअनुसार गृह मन्त्रालयको कूल बजेट १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८२-८३ को बजेट अनुसार भने गृह मन्त्रालयको बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८२-८३ को तुलनामा गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह आफैले नेतृत्व गरेको बेला गृहको बजेट आधा कटौती भएको हो । बालेनले नै नेतृत्व गर्नुभएको रक्षा मन्त्रालयको बजेटमा भने वृद्धि भएको छ । शुक्रबार प्रस्तुत भएको बजेट अनुसार रक्षा मन्त्रालयको बजेट ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०८२र८३ मा भने रक्षा मन्त्रालयको बजेट ६२ अर्ब १ करोड २१ लाख थियो ।













प्रतिक्रिया दिनुहोस्