काठमाडौं, जेठ २२। नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रियामाथि सर्वोच्च अदालतले रोक लगाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार (जेठ २२) समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो । सर्वोच्चले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल वायु सेवा निगमको छनोट समितिका नाममा अन्तरिम आदेश भएको हो ।
अदालतको यो आदेशसँर्ग पर्यटनमन्त्री गणेश पौडेलको कमाउ धन्दामा लगाम लागेको छ भने छानिछानी बदमाशलाई सरकारी निकायको नेतृत्वमा ल्याउने बालेन साह नेतृत्वको सरकारको योजना तुषरापात भएको छ । बालेन सरकार अल्गोरिदमको भरमा अयोग्यलाई योग्य बनाउने र असुली गर्ने योजनाका साथ अघि बढेको तथ्य उजागर भएपछि अदालतले नै रोक लगाएको हो ।













प्रतिक्रिया दिनुहोस्