जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार ११:४७

महेश बस्नेत भन्छन् : विरोधीसँग साँठगाँठ गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन्न


काठमाडौं, जेठ ३१ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने र विरोधीसँग साँठगाँठ गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन नसक्ने प्रष्ट मान्यता राख्नुभएको छ ।

पार्टी, पार्टीका अध्यक्ष र नेता कार्यकर्ता माथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्ने सङ्कल्पका साथ बागमती प्रदेशको बैठक सकिएको भन्दै सचिव बस्नेतले यस्तो निचोड सुनाउनु भएको हो ।

‘पार्टीको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने र विरोधीसँग साँठगाँठ गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन सक्दैन,’ सचिव बस्नेतले भन्नुभएको छ, ‘हाम्रो पार्टी, पार्टीका अध्यक्ष र नेता कार्यकर्ता माथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्दै, फैलाइएका भ्रमहरू चिर्दै र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक न्याय तथा जनहितको पक्षमा पार्टीलाई मजबुत रूपमा उभ्याउने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दायित्व बहन गर्ने सङ्कल्पका साथ बागमती प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ ।’

बैठकमा सहभागी अधिकांश नेताहरूबाट यही भावना अनुरूपका विचारहरू प्रस्तुत भएको उनले बताए। फरक दृष्टिकोण राख्ने केही साथीहरूको सुझावलाई समेत गम्भीरतापूर्वक मनन गर्दै पार्टीलाई अझ सशक्त र एकताबद्ध ढङ्गले अगाडि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको इञ्चार्ज समेत रहनुभएका बस्नेतको भनाइ छ।

यस्तो छ महेश बस्नेतको भनाइ

पार्टीको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने र विरोधीसँग साँठगाँठ गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन सक्दैन।

हाम्रो पार्टी, पार्टीका अध्यक्ष र नेता कार्यकर्ता माथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्दै, फैलाइएका भ्रमहरू चिर्दै र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक न्याय तथा जनहितको पक्षमा पार्टीलाई मजबुत रूपमा उभ्याउने र “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दायित्व बहन गर्ने सङ्कल्पका साथ बागमती प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ।

बैठकमा सहभागी अधिकांश कमरेडहरूबाट यही भावना अनुरूपका विचारहरू प्रस्तुत भएका छन्। फरक दृष्टिकोण राख्ने केही साथीहरूको सुझावलाई समेत गम्भीरतापूर्वक मनन गर्दै पार्टीलाई अझ सशक्त र एकताबद्ध ढङ्गले अगाडि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको छ।

बैठकको सफलताका लागि सहयोग, सुझाव र योगदान गर्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद।