काठमाडौं, जेठ ३१ । असार महिनाको लागि निकै कम वाणिज्य बैंकहरूले मात्रै ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार असार महिनामा ७ बैंकले ब्याजदर घटाएका हुन ।
असारमा ७ बैंकले ब्याजदर घटाउँदा १३ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । असारका लागि २० मध्ये २ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि तल झारेका छन् । जसमा १३ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राख्दा ७ बैंकले भने घटाएका छन् । असार महिनाको लागि कुनै पनि बैंकले ब्याजदर बढाएका भने छैनन् ।
बाँकी बैंकहरूको व्यक्तिगत र संस्थागत दुवै ब्याजदर जेठ र असार महिनामा समान छ । बैंकहरूले सार्वजनिक गरेको असारको ब्याजदर अनुसार अधिकांश बैंकहरूले जेठ महिनाकै दरलाई निरन्तरता दिएका छन् । तर बजारमा पर्याप्त तरलता रहेको र निक्षेप सङ्कलनमा प्रतिस्पर्धा कम भएको कारण केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
असार महनिाका लागि एनआईसी एसिया, एनएमबि, प्राइम, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दतीको ब्याजदर घटाएका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरूले भने बजारको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै तत्काल दर परिवर्तन आवश्यक नभएको निष्कर्ष निकालिएको जनाएका छन ।














प्रतिक्रिया दिनुहोस्