जनता टाइम्स

२ पुष २०७६, बुधबार ११:३५

पीपीएलमा ज्ञानेन्द्रको किर्तिमानी शतक


पोखरा, पुष २

पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध किर्तिमानी शतक बनाएका छन् । उनले पीपीएलमा तीन वटा रेकर्ड राख्दै आफ्नो नाममा पीपीएलको पहिलो शतक बनाउने खेलाडी बनेका हुन् ।

पोखरामा भएको खेलमा ज्ञानेन्द्रको शतकसँगै काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाए १८५ रन बनाएको छ । ज्ञानेन्द्रले ३८ बलमा शतक बनाएका हुन् । २४ बलमा अर्धशतक बनाएका ज्ञानेन्द्रले बाँकी १३ बलमा थप पचास रन जोडेका थिए । चौथो नम्वरमा ब्याटिङ गर्न आएका उनले आफ्नो पारीमा ९ छक्का र ८ चौका प्रहार गरेका थिए । ज्ञानेन्द्रले तेस्रो विकेटका लागि जयकिशन गोल्सावलसँग मिलेर १३० रनको रेर्कड साझेदारी गरे । पीपीएलमा यो कुनैपनि विकेटका लागि भएको सबैभन्दा धेरै रनको साझेदारी हो ।

जयकिशनले ४६ रन बनाए भने अमित श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिए । धनगढीले काठमाडौंविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । बुधबार बिहान हुस्सु लागेका कारण केही ढिलो हुन पुगेपछि १७ ओभरमा छोट्याइएको छ । काठमाडौंले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ भने धनगढीले विराटनगरलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।