काठमाडौं, असार २ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै शैलीमा मन्त्रीहरूले पनि संसदीय समितिलाई हेप्न थालेपछि सांसदहरू कडा कदम चाल्न बाध्य भएका छन । मन्त्रीहरूको अराजकता र हेप्ने शैली तीब्र बनेपछि सत्तारुढ रास्वपाकै नेतृत्व रहेको समितिले मन्त्रीलाई स्पष्टिकरण सोध्ने निर्णयसहित कडा रुपमा प्रस्तुत भएको हो ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले यो कामको नेतृत्व लिनुभएको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई पूर्वजानकारी गराएर बैठक बोलाइएको तर लम्साल अनुपस्थित भएपछि सभापति गुजुरेलले कडा असन्तुष्टि जनाउनु भयो । मंगलवार बसेको समितिको बैठकमा सभापति गजुरेलले मन्त्री लम्सालको यो कामलाई नजर अन्दाज गर्नै नसकिने भन्दै अनुपस्थितिबारे मन्त्रालयसँग औपचारिक स्पष्टीकरण माग्ने निर्णय नै सुनाउनु भएको हो ।
पहिलो बैठकमा नै मन्त्री उपस्थित नभएकोमा प्रश्न उठाउँदै गजुरेलले निर्माण तथा यातायातको क्षेत्रमा समाधान गर्नुपर्ने धेरै समस्याहरू भएकाले मन्त्री समितिप्रति यसरी गैरजिम्मेवार हुन नहुने र उत्तरदायी बन्नुपर्ने आफ्नो बटमलाइन समेत सुनाउनु भएको छ ।
‘यसमा सम्बन्धित मन्त्रालयको मन्त्रीज्यू अनिवार्य हुनुपर्छ भन्ने हामी सबै जनाको धारणा हो । संसदले बोलाएको बेला आउनै पर्ने दायित्व पनि हो । त्यही भएर मन्त्रीज्यूलाई खबर गरेर यो मिटिङ राखिएको हो,’ बैठकमा सभापति गजुरेलले भन्नुभयो, ‘अब उहाँसँग समय लिएर भन्दा पनि हामीले चाहिँ एजेण्डाको गाम्भीर्यता बुझेर छलफल राख्छौं । उहाँलाई जानकारी पनि हुन्छ र उहाँहरू पनि आउनुपर्छ, यसमा कुनै पनि दुईमत छैन । उहाँसँग हामी यो विषयमा छलफल गर्छौं । घनिभूत रूपमा छलफल गर्छौं । किन आउनु भएन भनेर पनि हामी स्पष्टिकरण पनि सोध्छौं ।’
सभापति गजुरेल यतिमा रोकिनुभएन । उहाँले थप्नुभयो, ‘यो शुक्रबारै जानकारी भएर उहाँलाई पनि हामीले पटक–पटक जानकारी गराएको हो र त्यो हिसाबले हामीले मिटिङ राखिएको हो ।’ बैठकमा सभापति गजुरेलले मन्त्रीको अनुपस्थितिको आलोचना मात्र गर्नुभएन, सडक सुरक्षा र यातायात व्यवस्थापन जस्तो गम्भीर विषयमा सरकारले चासो नै नदिएको तथ्य सवैसामू उजागर भएको गम्भीर आरोपसमेत लगाउनु भयो ।
नेपालमा दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको दर्दनाक तथ्यांक उल्लेख गर्दै सभापति गजुरेलले यति गम्भीर बिषयमा मन्त्री गैरजिम्मेवार बन्न मिल्छ भन्ने कडा असन्तुष्टि जनाउनु भयो । सडक सुरक्षा अहिले राष्ट्रिय चिन्ताको विषय बनेको तर मन्त्री भने यति गम्भीर बिषयमा नजरअन्दाज गरेर हल्लिने काम गरिरहेको उहाँको संकेत थियो ।
बैठकमा का सांसद धनेन्द्र कार्की, नेपाली काँग्रेसकी सांसद बासना थापा र नेकपा एमालेकी सांसद नीता घतानीले मन्त्री लम्साल बैठकमा नआएको भन्दै कडा आपत्ति जनाउनु भएको थियो । उहाँहरूको प्रश्नभन्दा सभापति गजुरेल कडा रुपमा प्रस्तुत हुनुभएपछि सवै सांसद चुप लागेका थिए ।
सो बैठकमा रास्वपा सांसद कार्कीले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय पुरै अव्यावहारिक भएको बताउँखै फिर्ता हुनुपर्ने अडान राख्नुभएको थियो । उहाँले नयाँ सवारी दर्ता रोकिँदा यातयात व्यवसायी समस्यामा परेको बताउनु भयो । सरकारलाई जे सनक चढ्यो, त्यही काम गर्न नपाउने भन्दै कार्की आक्रोशित समेत बन्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्