जनता टाइम्स

३ असार २०८३, बुधबार २१:०२

दीपक भट्ट र सुलभ अग्रवाललाई पठाइयो जेल, स्वास्थ्य उपचार पनि गर्न आदेश


काठमाडौं, असार ३ । विशेष अदालतले ब्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ ।

भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।