जनता टाइम्स

६ असार २०८३, शनिबार १०:५५

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश


काठमाडौं, असार ६ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले निर्वाचन आयोगका पदाधिकारीहरूलाई समेत अपमानित गरेर फिर्ता पठाएको तथ्य खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सचिवालय सदस्य लगाएर ९ घण्टा कार्यालयमै थुनेर मामामुमु गर्न लगाउनु भएका प्रधानमन्त्री बालेनले निर्वाचन आयोगका पदाधिकारीलाई भने गेटबाटै प्रवेश नदिएर अपमानित गर्दै फिर्ता पठाइएको पाइएको हो ।

राष्ट्रिय सभाको रिक्त दुई सिटमा निर्वाचन र मनोनयन गराउनेबारे सल्लाह गर्न समय मागेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका आयुक्तहरू प्रधानमन्त्री कार्यालयको गेटबाटै फर्किनुपरेको हो । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयुक्तहरू जानकीदेवी तुलाधर र सगुनसमशेर जबरा केही दिनअघि प्रधानमन्त्री कार्यालय पुगे पनि गेटबाट आउट भएरकार्यालय फर्कनु परेको हो ।

साप्ताहिक पत्रिका जनआस्थाका अनुसार प्रधानमन्त्री साहले प्रमुखलाई मात्र भेट्ने भनेपछि दुई आयुक्त त्यसै फर्किए । कठिन समयमा सफलतापूर्वक चुनाव त्यही चुनावबाट आएका प्रधानमन्त्रीले यसरी अपमान गरेको भन्दै उनीहरूले चित्त दुखाएका छन । राष्ट्रिय सभाका एक तिहाई सदस्यको प्रत्येक दुई वर्षमा कार्यकाल समाप्त हुने र निर्वाचनबाट पदपूर्ति गरिने कानुनी व्यवस्था छ ।

पछिल्लो पटक गत माघ ११ गते १९ सांसद निर्वाचित भएका थिए । तर, सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक सांसद बलदेव बोहोराको ०८२ पुस ३० गते निधन भएको र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत गर्ने एक सिट लामो समयदेखि रिक्त छ । जबकि संविधानले राष्ट्रिय सभामा पद रिक्तताको कल्पना नै गरेको छैन । बरु पद खाली भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने स्पष्ट प्रावधान छ ।

नयाँ संविधान जारी भएयता एक पटक मनोनीतको हकमा बाहेक ३५ दिनको कानुनी व्यवस्था कार्यान्वयन हुँदै आएको छ । मनोनीतको सन्दर्भमा भने नयाँ सिफारिसमा केही समय ढिलाई हुँदा ३ महिनाजति एक सिट रिक्त भएको थियो । अहिले अघिल्ला प्रधानमन्त्री सुशीला कार्कीले जाने बेला गृहमन्त्री (तात्कालिन) ओमप्रकाश अर्यालको नाम सिफारिस गरेर पठाएकोमा राष्ट्रपतिबाट होल्डमा राखिएको छ । यिनै विषयमा भेटेर सल्लाह दिने प्रयोजनका लागि कावा प्रमुख भण्डारी दुई आयुक्तलाई लिएर प्रधानमन्त्री कार्यालय जानुभएको थियो तर दुई आयुक्तलाई बाहिरै रोकेका साहले कावालाई अनुहार देखाएर प्रधानमन्त्री शाहले फकाएनु भएको हो ।

स्रोतका अनुसार, पावर प्रिजेन्टेसनको तयारीसहित पुगेका भण्डारीले सामान्य शिष्टाचारसमेत पाउनु भएन । उठीउठी प्रधानमन्त्रीले सोधेका केही प्रश्नको जवाफ दिनुपरेको थियो । ‘अरु सबै कुरा छोडिदिनुस्, विदेश बस्ने नेपालीहरूलाई कसरी अनलाइन भोटिङबाट मतदानमा सहभागी गराउन सकिन्छ, त्यसबारे तयारी गर्नुस्,’ भण्डारीलाई प्रधानमन्त्री शाहको निर्देशन थियो ।