काठमाडौं, असार ८ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति सुद्धिकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेललाई आज सुर्खेतबाट पक्राउ गरेको हो । पक्राउ अघि विभागको टोलीले पौडेलको भैसीपाटीस्थित घरमा छापा मारेको थियो ।
पौडेललाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको हो । विभागले पौडेललाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उहाँको निवासमा छापा मारेको हो ।
प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बताएको छ । पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्