काठमाडौं, असार ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु देउवा राणा देउवालाई अहिले मुद्दा नचलाई छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ ।
आरजुको घरमा म्याद तामेल भएपछि कतिपय काममा थप अनुसन्धान गर्नुपर्ने भन्दै विशेष अदालतले आरजु लगायतबारेमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको हो । अख्तियार स्रोतले दिएको जाकनारीअनुसार व्यहोरामा आरजु राणा देउवाका बारेमा ‘उल्लिखित घटना एवं विषयमा नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचारजन्य कार्य गरे–गराएको हुनसक्ने देखिएको,’ उल्लेख छ ।
यस बिषयमा सम्बन्धित कागजातहरूको मिसिल खडा गर्ने र विशेष अदालतको फैसलारआदेश बमोजिम उक्त विषयको सम्बन्धमा छुट्टै अनुसन्धान गर्ने भनी आयोगबाट निर्णय भएको हो ।यसअघि अख्तियारले अनुसन्धानको सिलसिलामा बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेल गरी बयानका लागि बोलाएको थियो । तर पूर्वमन्त्री आरजु राणाले हङकङबाट इमेल पठाएर उपचारका क्रममा रहेकाले अहिले आफू आउन नसक्ने जवाफ पठाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्