जनता टाइम्स

२ पुष २०७६, बुधबार १९:३१

बिश्व युवा सम्मेलनमा नेपाली सहभागिको उत्कृष्ट काम : भ्रमण बर्षको प्रचारसहित सात हजार युवालाई दिए नेपाल भ्रमणको निम्तो


बर्षको इजिप्ट, पुस २ । बिश्व युवा सम्मेलनमा नेपाल भ्रमण बर्षको नारा गुञ्जिएको छ । विश्वका १६४ देशका ७ हजार युवा सम्मिलित विश्व युवा मञ्चको तेस्रो सम्मेलनमा नेपाल भ्रमण बर्षको ब्यापक प्रचार गरिएको हो ।

डिसेम्बर १४ देखि १७ सम्म शर्म एल शेइख सिटी, इजिप्टमा सम्पन्न सम्मेलनमा नेपालबाट सहभागी प्रतिनिधिले सदुपयोग गर्दै नेपाल भ्रमण बर्षको प्रचार गरेका छन । नेपाल भ्रमण बर्षको व्यापक प्रचार र प्रसार गरे । सम्मेलनमा सहभागी युवाहरुले नेपाली झण्डा, नेपाली पोशाक र भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीसहित विभिन्न देशका युवाहरुलाई नेपाल भ्रमणको निम्तो दिएका छन ।

उक्त सम्मेलनमा दिगो विकासका निम्ति ग्लोवल एण्ड रिजलन कोअप्रेशन, इन्६रनेश्नल पिस एण्ड सेकुरिटी, आर्टिफिसियल इन्टेलिजेन्स एण्ड इन्फरमेशन म्यानेजमेन्ट, वल्ड फुट सेकुरिटी, इन्भायरमेन्ट एण्ड क्लाइमेट चेञ्जलगायतका बिषयमा छलफल भएको थियो । सो छलफलमा सयमा युवाहरुको सहभागिता र भुमिकासहित वहस भएको छ । इजिप्टका रास्ट्रपति अब्दुल फटाह एल सिसि हरेक सेसनमा चार दिन नै बसेर कन्क्लुडिङ रिमाक्र्स दिनुभएको थियो ।

सो सम्मेलनमा नेपाल सरकारको अधिकृतसमेत रहेका जापानवाट बिबेक घिमिरे, थाइल्याण्डबाट आएका सौरभ केसी र अरुण शर्मा, अष्ट्रेलियाबाट आएका नवीन गौतम र शिल्पा अधिकारी, अमेरिकाबाट आएका अस्मिका गुरागाईं, शालिन लुइँटेल र शिलु दाहाल सहभागि हुनुभएको थियो ।