काठमाडौं, असार १७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावमा खुलेर समर्थन गर्नुभएको छ । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको भन्दै बामदेव रास्वपा महाधिवेशनबाट पारित प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा खुल्नुभएको हो ।
पूर्व सांसद मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेता गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै चाहिने पटकपटक जिकिर गर्नुभयो । २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो ५ वर्षको पूर्ण कार्यकाल पूरा गर्न नसकेको भन्दै गौतमले वर्तमान प्रणाली असफल भएको घोषणासमेत गर्नुभयो ।
यस्तै खर्चिलो निर्वाचन प्रणालीलाई सुधार्न पूर्ण समानुपातिक व्यवस्था आवश्यक रहेको गौतमको भनाइ छ । यो पनि रास्वपा महाधिवेशनबाट पारित प्रस्ताव हो । गौतमले नेपालका लागि संघीयता आवश्यक नै नभएको भन्दै गौतमले संघीयता नै कायम गर्ने भए ‘केन्द्रीकृत व्यवस्था अन्तर्गतको संघीयता’ का रूपमा लैजानुपर्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्