जनता टाइम्स

१७ असार २०८३, बुधबार २०:०५

घट्यो हवाई भाडा, कहाँको कति पुग्यो ?


काठमाडौं, असार १७ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ ।

नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेपछि क्यानले बुधवार नै हवाई भाडा समायोजन गरेको हो । प्राधिकरणले हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ परिमार्जन गरी नयाँ मूल्य कायम गरेको जनाएको छ । प्राधिकरणका अनुसार नयाँ भाडादर आजदेखि नै लागू हुनेछ ।

हवाई इन्धनको पुरानो मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेकोमा १४.८७ प्रतिशतले घटेर नयाँ मूल्य २२९ रुपैयाँ कायम भएपछि सोही अनुपातमा फ्यूल सरचार्ज घटाइएको हो । प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई पत्र लेखी यसको जानकारी गराइसकेको जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार ३० मिनेट उडान समय रहेको काठमाडौं–पोखरा मार्गको साविकको सरचार्ज चार हजार २७० बाट ६३५ ले घटेर अब नयाँ सरचार्ज तीन हजार ६३५ कायम भएको छ ।