काठमाडौं, असार १८ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको भाउ बढेको छ। बुधबार तोलामा ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चार हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय ५० रूपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्