काठमाडौं, असार २२ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नदिँदा बैंकिङ क्षेत्र दवाबमा परेको बताउनु भएको छ।
आइतबार संसदको अर्थ समितिमा भएको छलफलमा सीईओ ज्ञवालीले यस्तो खुलासा गर्नुभएको हो । ‘ठेक्का रोक्का वा भुक्तानी ढिलो हुने अवस्थाले बैंकिङ प्रणालीमा थप खराब कर्जा बढ्ने जोखिम छ। मौद्रिक नीतिमा यो समस्याबारे ध्यान दिइनु पर्छ,’ सिईओ ज्ञवालीले भन्नुभयो ।
उहाँले निर्माण क्षेत्रमा बैंकहरुको करिब ५ खर्ब रुपैयाँ लगानी रहेको जानकारी दिँदै अहिले दवावमा परेको र नीतिगत तहबाटै भुक्तानी सजिलो बनाउने नीति जरुरी रहेको पनि सीईओ ज्ञवालीको आग्रह थियो।













प्रतिक्रिया दिनुहोस्