काठमाडौं, असार २२ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई भने दोषी ठहर गरेको छ ।

उहाँहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर अदालतले गरेको हो । विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो । अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको छ । उहाँ नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएकोले अदालतले थप सजायको राय तयार पारेको हो ।













प्रतिक्रिया दिनुहोस्