जनता टाइम्स

२३ असार २०८३, मंगलवार ०३:०८

भन्सार र आन्तरिक राजस्वका महानिर्देशक फेरिए, अर्थ मन्त्रालय बाहिरबाट ल्याइयो


काठमाडौं, असार २३ । अर्थ मन्त्रालयका महत्त्वपूर्ण मानिएका दुई विभागले नयाँ नेतृत्व पाएको छ।

भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल र आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसालको सरुवा भएको हो । यस्ते भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यको सरुवा भएको छ ।

यसअघि भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएका भरतमणि पाण्डेय र आन्तरिक राज्सव विभागका महानिर्देशक रमेश अर्यालको अर्थ मन्त्रालय भन्दा बाहिर सरुवा भएको छ।

नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवलाई हालैको मन्त्रिपरिषद् बैठकले अर्थमा सरुवा गरेको हो।