काठमाडौं, असार २३। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ मंगलवार राष्ट्रिय सभाबाट पनि पारित भएको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले निर्णयार्थ पेश गर्नुभएको थियो । सो प्रस्तावलाई बहुमतले पारित भएको हो । राष्ट्रिय सभामा सत्तारुढ दल रास्वपाको प्रतिनिधित्व नै नभएपनि बिपक्षीले बजेट पारित गरेर सघाएका हुन ।
यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वका सरकारका अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्