काठमाडौं, साउन १६ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले गएको भदौ २४ मा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी त्यसका दृष्य तथा अदृष्य प्रायोजकलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले उक्त घटनालाई “प्रायोजित आतङ्कवादी आमहिंसा” को संज्ञा दिनु भएकाे छ । उहाँले त्यसका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट मुक्त हुन नसक्ने बताउनुभएको छ।
“गएको भदौ २४ को प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट तङ्ग्रिन सक्दैन। त्यो धतुरे झाडी फाँड्न त्यही जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ? दृष्य र अदृष्य प्रायोजक को थिए? दण्डहीनताको रक्षा स्वीकार्य छैन। ‘नो इफ, बट एण्ड अगेन’। बोल सरकार, एक फेरि बोल !”- गोकुल बाँस्कोटा
उहाँले वर्तमान सरकार त्यस्ता अतिवादी प्रवृत्तिको अन्त्य गर्न पर्याप्त रूपमा तत्पर रहेको हो वा होइन भन्ने प्रश्नसमेत उठाउनुभएको छ। साथै, घटनाका दृष्य तथा अदृष्य प्रायोजक को थिए भन्ने सत्य सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै दण्डहीनताको संरक्षण कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्