काठमाडौं, साउन २१ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित एक इँटाभट्टामा पर्खाल भत्किँदा दुई जना कामदारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टामा निर्माण कार्य भइरहेका बेला पर्खाल भत्किँदा गम्भीर घाइते भएका नेपालगन्ज–१७ निवासी ४५ वर्षीय रामफेरन कोरीको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि उक्त दुर्घटनामा भैयापुर–१९ निवासी ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा मृत्यु भएका लोधको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ भने रामफेरन कोरीको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्