काठमाडौं, साउन २२ । रास्वपाका सांसद रमेश प्रसाईंले देशमा देखिएको ग्यास अभावप्रति सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री र मन्त्रीहरूको सरकारी निवासमा ग्यास अभाव छ कि छैन भनेर प्रश्न गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले चुनावताका सार्वजनिक सेवा सहज बनाउने प्रतिबद्धता गरिएको स्मरण गराउँदै अहिले ग्यासका लागि सर्वसाधारण लामो लाइनमा बस्न बाध्य भएको अवस्थाले आफूलाई लज्जित बनाएको बताउनुभयो।
सांसद प्रसाईंले सरकारले कृत्रिम अभाव र कालोबजारी भएको दाबी गरिरहेको भए त्यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न किन नसकेको भन्दै प्रश्न गर्नुभयो। जनताले नयाँ अनुहारभन्दा पनि नयाँ चरित्र र व्यवहारको अपेक्षा गरेको उहाँको भनाइ थियो।
यस्तै, रास्वपाकै सांसद रविन्द्र पटेलले ग्यास अभाव र मलको समस्या समाधान गर्न सरकार असफल भएको आरोप लगाउनुभयो। उहाँले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको भन्दै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्