काठमाडौँ, साउन २४ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्