काठमाडौँ, साउन २४ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू एक्लो भएको आशय व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कटाक्ष गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका बेला भट्टराईले आइतबार बिहान फेसबुकमार्फत व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको हो ।
भट्टराईले प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभाका १८२ सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, सेना, प्रहरी, कर्मचारी तथा सल्लाहकार र निजी सचिवालयको ठूलो संरचना रहेको उल्लेख गर्नुभएको छ । यति ठूलो साथ हुँदाहुँदै पनि प्रधानमन्त्रीले आफूलाई एक्लो ठान्नुको कारणप्रति उहाँले प्रश्न गर्नुभएको छ ।
उहाँले विगतका राजनीतिक नेताहरू बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र गणेशमान सिंहलाई स्मरण गर्दै उनीहरू आफू एक्ला भए पनि जनसमर्थन उनीहरूको पक्षमा रहेको उल्लेख गर्नुभएको छ ।
भट्टराईले अहिलेका नेताहरूको वरिपरि सबै कुरा हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्ने अवस्था किन आएको हो भन्ने प्रश्न गर्दै लेख्नुभएको छ, ‘बुझिनँ मैले, बुझाइदेउ कसैले।’














प्रतिक्रिया दिनुहोस्