जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार ०८:३५

पेस्तोल बोकेर आतंक मच्चाउँदै हिँडेका तीन युवक कपिलवस्तुमा समातिए


काठमाडौं, साउन २५ । कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका–८, बहादुरगञ्जका स्थानीयलाई गाउँघरमा धम्काउँदै पेस्तोल बोकेर हिँडिरहेको खबरपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका–४, जगदीशपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा कपिलवस्तु, कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप हुन् ।

उनीहरूको साथबाट एक थान पेस्तोल र लु. ६१ प. ७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकलसमेत बरामद गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।