काठमाडौं, साउन २५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको चरम बदमासी र निकम्मापनका कारण बाल खेलाडीहरु डाइटबाटै बञिचत हुनुपरेको छ । सरकारको चरम हस्तक्षेपले अखिल नेपाल फुटबल संघ निलम्बनमा परेसँगै आर्थिक अभावका कारण खेलाडी डाइटबाट बञ्चित बन्नुपरेको हो ।
सरकारले एन्फाको गतिबिधि रोक्ननका लागि आर्थिक नाकावन्दी लगाउने नीति लिएको देखिएको छ । देशका सवै संरचना सुधारका नाममा ध्वस्त बनाउने बालेन सरकारको योजनाअनुसार यी काम भएको खेलाडीको बुझाइ छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेसँगै नेपाली फुटबल अहिले शून्य अवस्थामा छ । फुटबल गतिविधि रोकिएका मात्र छैनन् त्यसमा आश्रित व्यक्तिहरूसमेत प्रभावित भएका छन् ।
फिफाको ‘गोल प्रोजेक्ट’ अन्तर्गत नेपालका चार स्थानमा फुटबल एकेडेमी सञ्चालनमा छन् । एन्फा निलम्बनमा पर्दा त्यहाँ रहेका सय बढी बालबालिका बिचल्लीमा पर्ने अवस्थामा पुगेका हुन् ।
एकेडेमीका एक कर्मचारीले जनताटाइम्स डटकमलाई बताएअनुसार अहिले ‘चना अन्डा खाएर प्रशिक्षणमा जानुपर्ने विद्यार्थी अहिले चिया र बिस्कुट खाएर बस्नुपरेको छ । स्कुल फिदेखि किराना पसलसम्म क्रेडिटमा चलाउनु परेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा रहेको एकेडेमीमा २१ जना छन् । यहाँका बालबालिका यसअघि मकवानपुरको सिस्नेरीमा थिए ।
तर, दुई वर्षअघि गएको बाढी पहिरोमा परी ६ जना खेलाडीको ज्यान गएपछि उनीहरूलाई हेटौंडा लगिएको थियो । त्यहाँबाट केही समयपछि सातदोबाटोमा ल्याइएको हो ।हेटौंडामा एन्फाबाट स्रोत नआउँदा अहिले उनीहरूको खानपिन र पढाइलेखाइमा समस्या आउन थालेको छ । खेलाडीलाई दिनुपर्ने आवश्यक वस्तुहरू दिन नसकेको हो ।
ललितपुरमात्र होइन, अन्य ठाउँका एकेडेमीको अवस्था पनि उस्तै छ । बुटवलको एकेडेमीका ३० जना विद्यार्थी, दुई प्रशिक्षक र ४र५ जना कर्मचारी छन् । उक्त एकेडेमीका कार्यवाहक निर्देशक शंकर मल्ल ऋण लिएर एकेडेमी चलाइरहेको बताउँछन् ।
२९ जना बालबालिका रहेको रौतहटको एकेडेमीको अवस्था पनि उस्तै छ । एन्फाबाट पैसा नआउँदा आफ्नै नाममा ऋण लिएर एकेडेमी चलाउन सञ्चालकहरू बाध्य छन् । एकेडेमीमा स्रोत व्यवस्थापन गर्दै आएको एन्फा भने सरकारले गतिविधि गर्न रोक लगाएको बताएको छ ।














प्रतिक्रिया दिनुहोस्