काठमाडौँ, साउन २५ । प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो।
सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत भएका छन्। त्यस्तै, बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ।
सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्