काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका कार्कीलाई विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतको आदेशपछि कार्की धरौटी बुझाएर रिहा हुने भएका छन्।














प्रतिक्रिया दिनुहोस्