काठमाडौँ, साउन २६ । पाकिस्तानको ‘ब्रोड पिक’ मा साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली नागरिकको शव मंगलबार नेपाल ल्याइँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत मंगलबार अपराह्न पौने ५ बजे काठमाडौँ ल्याइनेछ।
सोही दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।
दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव नेपाल ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्