जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १५:२७

एनएमबि बैंकको अगुवाइमा दुधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


काठमाडौं, साउन २६ । एनएमबि बैंक लिमिटेडले मनाङ जिल्लामा अवस्थित ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

मनाङ जिल्लामा निर्माण भइरहेको दुधखोला जलविद्युत आयोजना, दुधखोला हाइड्रो पावर कम्पनी प्रा.लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।

दुधखोला हाइड्रो पावर कम्पनी प्रा.लि. को प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लिमिटेड र सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकको रुपमा रहेको छ ।

६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ । जसमध्ये बैकहरूको ऋण लगानी ९ अर्ब ६७ करोड रुपैयाँ रहने छ । एनएमबि बैंक लिमिटेडले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ ।

एनएमबि बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष अरुण केसीले ऋण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंकद्धारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको छ ।

अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना Hydropower Sustainability Alliance (HSA) द्वारा विकसित (Hydroselect Tool) प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र (एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।