जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १५:५२

एनएमबि बैंकको नाईमा अटो एक्सपो लक्षित योजना : नयाँ विद्युतीय सवारीका लागि बेस रेट प्लस ०.५% मा ’इभी अटो कर्जा’ सुरु


काठमाडौं, साउन २६ । नेपाल–एनएमबि बैंक लिमिटेडले नाइमा (NAIMA) अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (New EV का लागि आधार दर+०.५% (Base Rate +0.5% बाट सुरु) को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ ।

वातावरण मैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभीकर्जा योजना सुरु गरेको हो ।

अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध रहेको बैंकले जनाएको छ । एनएमबि बैंकका अनुसार इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नेछन ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।