काठमाडौं, साउन २७ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ कायम गरिएको छ। यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तथा पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा तोकिएको छ।
स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।
यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा तोकिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २ पैसा र बिक्रीदर १६ रुपैयाँ ८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा रहेको छ।
यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ७८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकको दर हेर्न राष्ट्र बैंकले आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्