जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १३:३४

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा आइपुगे केपी ओली


निर्वाचनमा पराजीत भएपछि पहिलो पटक केपी ओली शनिवार १ बजे भद्रपुर बिमानस्थल हुँदै गृहजिल्ला झापा आउनु भएको हो । झापा ओर्लदा उहाँको भब्य स्वागत भएको छ ।

झापा, साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नु भएको छ । एमाले झापाले आयोजना गरेको पार्टी प्रशिक्षण तथा अभियानको सुरुवात गर्न ओली झापा आउनु भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएमा एमाले अध्यक्ष ओली गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक गृहजिल्ला आउनु भएको हो । २०४८ सालदेखि लगातार निर्वाचनमा बिजयी ओली गत फागुन २१ को निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै भारी मतान्तरमा पराजीत हुनुभएको थियो ।

निर्वाचनमा हारपछि ओली शनिवार १ बजे भद्रपुर बिमानस्थलमार्फत झापा आउनु भएको हो । ओलीलाई हराएर निर्वाचनमा बिजयी भई प्रधानमन्त्री बन्नुभएका बालेन भने हालसम्म झापा आउनु भएको छैन ।