जनता टाइम्स

७ भाद्र २०८३, आईतवार २१:१५

स्वदेशमै रोजागरी दिने बालेन सरकारको योजना नै भ्रमित : एकै महिना बाहिरिए ७० हजार बढी श्रमिक


काठमाडौं, भदौ ७ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको योजनाप्रति बिश्वास नलागेर ठूलो संख्यामा नेपाली बिदेसिएका छन ।

लेन सरकारले युवालाई उत्पादनसँग जोडदै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने र वैदेशिक रोजगारीको निर्भरता घटाउने आकर्षक योजना अघि सारिरहेका बेला चालू आर्थिक वर्षको सुरुवाती महिनामै ठूलो संख्यामा नेपाली श्रमिक विदेशिएका हुन ।सरकारी तथ्यांकअनुसार साउन महिनामा मात्रै ७० हजार ४४१ जना श्रमिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन । जुन तथ्यांकले बालेन सरकारको रोजगारीसम्बन्धी योजनामाथि नै गम्भीर प्रश्न उठाएको छ ।

सरकारले स्वदेशमै रोजगारी सिर्जना र युवालाई आर्थिक गतिविधिमा जोड्ने लक्ष्य रहेको दावा गर्दै आएको छ । तर व्यवहारमा भने रोजगारीका लागि विदेशिने नेपालीको संख्या उच्च देखिएको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउन महिनामा श्रम स्वीकृति लिने ७० हजार ४४१ जनामध्ये ६० हजार ४७२ जना पुरुष र ९ हजार ९६९ जना महिला रहेका छन । आर्थिक वर्षको पहिलो महिनामै औसतमा दैनिक २ हजार २७० नेपाली वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रक्रियामा पुगेका हुन ।

गन्तव्य मुलुकको तथ्याङ्कले पनि नेपाली युवाको विदेशप्रतिको निर्भरता अझै बढाएको देखाएको छ । साउनमा १८ हजार ७८४ जना संयुक्त अरब इमिरेट्स (युएई), १२ हजार ४९८ जना मलेसिया र १० हजार ३६० जना कतारका लागि श्रम स्वीकृति लिएर गएका छन । यसैगरी साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७ र रोमानियामा २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन्।

यो तथ्यांकले बालेन सरकारप्रति नागरिकमा बिश्वास र भरोसा दुवै नरहेको कुरुप चित्रलाई उजागर गरेको छ । सरकारले जताततै आतंक मच्चाएर बिकाश निर्माणको कामलाई नै ओझेलमा पारेको कारण पनि नेपाली युवामा बैदेशिक रोजगारीतर्फ जाने चाहना बढेको तथ्यसमेत उजागर भएको छ

बैदेशिक रोजगार बिभागको तथ्यांकअनुसार यसरी विदेशिनेमा ४० हजार ४९६ जना दक्ष श्रमिक रहेका छन । यस्तै १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्धदक्ष श्रमिक छन भने उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको संख्या भने क्रमशः १०३ र ३७८ रहेको छ ।

साउन महिनाको यो तथ्याङ्कले आर्थिक वर्षको सुरुवातमै रोजगारीका लागि विदेशिने नेपालीको संख्या निकै ठूलो रहेको देखाएको छ । रास्वपाले चुनावअघि सरकार बनेको सय दिनभित्र बिदेशबाट नेपाली दक्ष कामदार नेपाल भित्र्याउने घोषणा गरेको थियो तर सरकार बनेको पाँच महिना पुग्न लाग्दा आर्थिक बर्षको सुरुवाती महिनामै यति धेरै संख्यामा बिदेश गएका हुन ।

यो तथ्यांकले बालेन सरकारप्रति नागरिकमा बिश्वास र भरोसा दुवै नरहेको कुरुप चित्रलाई उजागर गरेको छ । सरकारले जताततै आतंक मच्चाएर बिकाश निर्माणको कामलाई नै ओझेलमा पारेको कारण पनि नेपाली युवामा बैदेशिक रोजगारीतर्फ जाने चाहना बढेको तथ्यसमेत उजागर भएको छ ।