जनता टाइम्स

९ पुष २०७६, बुधबार १५:३१

भूकम्पपीडितको बजेटमा रेडक्रस अध्यक्षदेखि ७७ जनाको ब्रम्हलुट : कर नतिरेपछि हुन सकेन नविकरण


काठमाडौं, पुस ९ । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीका लागि चार बर्ष अघिको भूकम्प करोडौं कमाउने भाडो सावित भएको तथ्य खुलेको छ । अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारी तथा आफन्तका लागि महाभूकम्प अकुत सम्पत्ति कमाउने बरदान सावित भएको पाइएको हो ।

२०७२ साल बैशाख १२ गतेको महाभुकम्प नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका ७ जनासहित भूकम्प प्रभावित जिल्लाका ७० जनाले भूकम्पको नाममा लुट मच्चाएका हुन । रेडक्रसको तथ्यांकअनुसार केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाण्डौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरुले तलबलाई घुमाउरो पाराले मासिक अनोरियम भनेर लुट मच्चाएका हुन ।

आकस्मिक दुर्घटना, विपद्को बेला उद्धार राहत कार्यमा विश्वभर एक नम्बरमा पहिचान बनाएको रेडक्रस नेपालमा भने विनाशकारी भूकम्पपश्चात केन्द्रीय कार्यालयमा भूकम्प प्रतिकार्य सञ्चालन समितिको गठन गरी २०७२÷३÷२५ गते विशेष निर्णय गरेर सुबिधाको नाममा लुट मच्चाइएको हो । सो निर्णयअनुसार केन्द्रीय अध्यक्ष थापाले रु. १,२५,०००।, महामन्त्री देबरत्न धाख्वाले रु.९८,१००।, कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले रु.६३,०००।, उपमहामन्त्री हरिप्रसाद न्यौपानेले रु. ५४,०००।, केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माले रु.४०,०००। र केन्द्रीय सदस्य भक्त खवासले रु.४०,०००।मासिक रुपमा लिनुभएको हो ।

उहाँहरुले २०७२ असार १ गतेदेखि २०७५ भदौं १४ गतेसम्म अनोरियम बुझे पनि कर भने नतिरेको पाइएको छ । यति धेरै रकम लिएर पनि राज्यलाई एक प्रतिशत मात्र कर तिरेको उजुरीपछि आन्तरिक राजश्व कार्यालय कालिमाटीले अनुसन्धान गरी २०७५ पुस २५ गते १५ प्रतिशत कर अशुली गर्न रेडक्रस केन्द्र तथा जिल्ला शाखाहरुलाई निर्देशन दिएको थियो ।

हेर्नोस आन्तरिक राजश्व कार्यालयको कर सम्बन्धि अनोरियम पत्रहरु

रेडक्रस केन्द्रले ढिलो गरी अनोरियममा बाँकी १४ प्रतिशत व्याज र जरिवानासहित असुली गरिसकेको छ भने १४ जिल्लाले भने कर तिर्न आनाकानी गरिरहेकोले आन्तरिक राजश्व कार्यालयले पुनः रेडक्रस केन्द्रलाई २०७६ मंसिर ११ गते अनोरियमको कर तिर्न ताकेता गरेको छ । ताकेतापछि रेडक्रस केन्द्रले आन्तरिक राजश्व कार्यालय कालिमाटीमा मासिक अनोरियम खाने तर हालसम्म कर नतिर्ने सोसाइटीका पदाधिकारी तथा सदस्यहरुको विबरण पठाएको छ । जुन बिवरण यस्तो छ :

ओखलढुङ्गा

सुमनराज भण्डारी, मोहनकुमार श्रेष्ठ, नारायप्रसाद दाहाल, गोपालचन्द्र श्रेष्ठ, पोकलनाथ दाहाल, कान्ती राजभण्डारी ।

रामेछाप

शिबकुमार कार्की, जयप्रकाश श्रेष्ठ, दिनेशकुमार कार्की

सिन्धुली
अशोक श्रेष्ठ लालबहादुर कार्की, शकुन्तला श्रेष्ठ, पवन पाख्रिन, शान्ता मैनाली

ललितपुर
बाबुराजा महर्जन, बेखामान व्यञ्जनकार, कल्पितकुमार त्रिपाठी, हरिगोविन्द महर्जन, दिनेश कार्की, विनोद ताम्राकार

भक्तपुर
मनोजकुमार थापा, परशुराम पाण्डे, प्रदिपकुमार केसी, शिवबहारी केसी, कृष्णश्वरी हाडा

काठमाडौं
मथुराराम श्रेष्ठ, नविन मानन्धर, बुद्धीमान शाक्य, उतमनाराण महर्जन, श्यामकाजी डोटेल, कमल नकर्मी, लक्ष्मीरत्न तुलाधर

काभ्रेपलाञ्चोक
रघुवर चौ प्रधान, श्यामसुन्दर श्रेष्ठ, उद्धवप्रसाद पौडेल, कुमार कार्की, रघुनाथ हुमागाईं, अनन्तकृष्ण श्रेष्ठ

सिन्धुपाल्चोक
राजेन्द्रमान ताल्चाभडेल, कमलचन्द्र कक्षपति, भरतकुमार बस्नेत

गोरखा
भगवानबाबु मास्के, रामकृष्ण राजभण्डारी, टोपबहादुर बाँनिया, यदुनाथ भट्टराई, शुक्रराज पन्त, शंकरबहादुर कुँवर, राजेन्द्र न्यौपाने, रामशरण आचार्य, कृष्णबहादुर आले

रसुवा
बाबुलाल तमाङ, दिनेशकुमार तामाङ, लामा रिंजेल घले

नुवाकोट
सुरतबहादुर चित्रकार, राजकुमार भट्टराई, हरि श्रेष्ठ, श्रीराम पाण्डे ।

धादिङ्ग
सीताराम कोईराला, नारायण तिमिल्सेना, दूर्लबकुमार तामाङ

दोलखा
टिकानारायण प्रधान, गोकर्ण पोखरेल, रँगध्वज बुढाथोकी, राधादेवी मास्के, इश्वरीप्रसाद दाहाल

मकवानपुर
सूर्यचन्द्र न्यौपाने, यशोदाकुमारी श्रेष्ठ, लालबहादुर थापा, खेमराज सापकोटा, पिताम्बर बास्तोला ।

कर नतिर्नेको सूची रेडक्रस केन्द्रले पठाएकोमध्ये प्रदेशका महामान्यधिबक्ता सुर्यचन्द्र न्यौपानेसमेत पर्नुभएको छ । यस्तै नगर प्रमुख मोहनकुमार श्रेष्ठ, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा सदस्य शिबहरि केसी र नेपाल सरकारका कर्मचारी टोपबहादुर बाँनिया रहेका छन ।

हेर्नुहोस नेपाल रेडक्रसले पठाएको नामावली, पद र सम्पर्क नम्बर


स्मरण रहोस एक देशमा एउटा मात्र रेडक्रस खोल्न पाउने अन्तरिष्ट्रिय मान्यताबमोजिम नेपाल रेडक्रस सोसाइटी (नेरेसो) नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०२१ साउन १६ गते (दर्ता नम्बर ०१।२०२१मा) दर्ता भई मिति २०३४ कार्तिक ११ गते समाज कल्याण परिषदमा पनि आबद्ध (आ.ब.न.०१) एक सामजिक गैर सरकारी गैरनाफामूलक सँस्थाको नाम दर्ता भएको छ ।

गैरनाफामूलक सामाजिक सँस्थाको नाममा दर्ता भएको सँस्था नेपाल रेडक्रस सोसाइटीले आन्तरिक राजश्व कार्यालय कालिमाटीमा पान नम्बर ३०११३६२२४ बाट मुलुकभर सेवाको नाममा नाफामुल गतिविधिहरु गरिरहेको तर करको दायरा नआएकोले गत आर्थिक बर्ष नेरेसो केन्द्रीय कार्यालयको लेखा परीक्षण प्रतिबेदनमा बचत तथा नाफामा रु.६८,८८,७८८।२७ रुपैया सत्ताईस पैसा) कर असुुली गसिसकेको छ ।

नेपाल रेडक्रस सोसाइटी आन्तरिक राजश्व कार्यालय कालिमाटीबाट पान नम्बर ३०११३६२२४ बाट सञ्चालित भएको तर केन्द्रीय कार्यालयले आफनो बार्षिक लेखा परीक्षण प्रतिबेदनमा ७७ वटै जिल्ला शाखा, ७ ओटै प्रदेश र १५ सय उपशाखाहरुको हरहिसाव लेखा परीक्षण प्रतिबेदनमा समाबेश नगर्ने गरेकाले कर कार्यालय कालिमाटीले यस आवदेखि सबै तहको लेखा परीक्षण प्रतिबेदन समावेश नगरी कर चुक्ता प्रमाण पत्र नदिने निचोडमा पुगेको छ ।

यही निश्कर्षपछि नेपाल रेडक्रसको २०७६ असार मसान्तमा सकिएको बार्षिक नविकरण यस वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेको छ । मिति २०७६ पौष १ गतेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रसलाई मागेको ११ बुँदे विबरण हेर्नुहोस् ।


यी बिवरण नआएमा नविकरण नगर्ने जिल्ला प्रशासनको निर्णय रहेको छ ।