काठमाडौं, पुस ९
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई प्रतिशेयर ४५ प्रतिशत मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
कम्पनीको आगामी १२औं वार्षिक साधारणसभा पुस २९ गते मंगलबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजे बस्दै छ । उक्त प्रस्तावित लाभांशदर गत ९ वर्ष यताकै न्युनतम हो । सो अवधिमा कम्पनीले न्युनतम ४६ देखि ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्