काठमाडौं, भदौ ९ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा चार जनालाई पक्राउ गरेको छ।
सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ परेका चार जनाको यसअघि यही कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग कारोबार देखिएको छ।
पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका ४५ वर्षीय सदस्य अनुप मालाकार र सोही कम्पनीकी ३९ वर्षीया सदस्य सुनिता श्रेष्ठ रहेका छन्।
एआईजी चतुर्वेदीका अनुसार पक्राउ परेकाहरूविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसुर आकर्षित हुने देखिएको छ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्