जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १४:२७

रसुवाको बाढीपछि सिन्धुलीका ३६ जना सम्पर्कविहीन, प्रशासनद्वारा खोजी तीव्र


सिन्धुली, भदौ ११ । रसुवामा आएको भीषण बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका सिन्धुलीका ३६ जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण, होटल तथा अन्य क्षेत्रमा कार्यरत उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन हुनेमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दा रहेका छन्।

जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी तथा उद्धारका लागि रसुवास्थित स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजनले प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराएका थिए।

बाढी प्रभावित क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध रहेकाले पनि कतिपय व्यक्ति तत्काल सम्पर्कमा आउन नसकेको हुनसक्ने प्रशासनको अनुमान छ। प्रशासनले आफन्तहरूलाई धैर्य धारण गर्न तथा कुनै सूचना प्राप्त भएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

प्रशासनले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन भनिएका ३६ जनाको नाम, स्थायी ठेगाना र रसुवामा कार्यरत स्थान यसप्रकार छन्।

क्र.सं.नाम थरस्थायी ठेगानाउमेररसुवामा काम गरेको स्थान/विवरण
राजेन्द्र ढकालकमलामाई–१त्रिशुली–३ ए जलविद्युत्
हेम प्रसाद गौतमकमलामाई–३४५त्रिशुली हाइड्रो पावर, रसुवा
सिलानाथ आछामीफिक्कल–२१९टिमुरे धताल ग्रुप कम्पनी, विलिङ रसुवा
भुपेन गुरुङचितवनचाइनिज हाइड्रो पावर
खिलनाथ आछामीफिक्कल–२२०माथिल्लो हाइड्रो पावर, रसुवा
हेम बहादुर गौतमकमलामाई–३त्रिशुली हाइड्रोपावर
खगेन्द्र मग्रान्तीकमलामाई–६त्रिशुली ए जलविद्युत्
लक्ष्मण सापकोटाकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
राज कुमार श्रेष्ठकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१०बुद्धि विक्रम थापाकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
११बल बहादुर माझीकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१२भक्त बहादुर माझीकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१३सोम बहादुर माझीकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१४भरत माझीकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१५शंकर खत्रीकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१६टंक बहादुर श्रेष्ठकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१७विष्णु बहादुर श्रेष्ठकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१८प्रेम बहादुर घलानकमलामाई–११टिमुरे बजार क्षेत्रमा सडक निर्माण
१९फुरस्याङ स्याङ्तानहरिहरपुरगढी–८सवारी चालक
२०दिनेश आछामीफिक्कल–२विवरण खुलाइएको छैन
२१खगेन्द्र मग्रातीकमलामाई–६३८रसुवा हाइड्रो पावर
२२पदम बहादुर मसाङ्गी मगरतीनपाटन–९, बतासे२३रसुवागढी हाइड्रो पावर
२३नैन बहादुर मसङ्ग्रा मगरतीनपाटन–९, बतासे४५–५०रसुवागढी हाइड्रो पावर
२४छत्रबहादुर लामिछानेतीनपाटन–९, बतासे५०रसुवागढी हाइड्रो पावर
२५राज कुमार श्रेष्ठकमलामाई–५, जरायोटाररसुवा बोर्डरमा कार्यरत
२६केबुल बहादुर थापासिन्धुली, भिमानचाइनिज हाइड्रो पावर
२७विपिन गोलेघ्याङलेख–३केरुङ नाका, ड्राइभर/अपरेटर
२८किसोल बहादुर थापाकमलामाई–९रसुवा हाइड्रोपावर
२९मोहन विक्रम थापादुधौली–४त्रिशुली बी–३ जलविद्युत्
३०लाल बहादुर पुलामीदुधौली–२विवरण खुलाइएको छैन
३१फलाम सिंह दनुवारदुधौली–१३सवा चिलिमे हाइड्रो
३२अमर यादी मगरसुनकोशी–२२७रसुवा घट्टेखोला कैलाश होटल
३३प्रविण बुर्जा मगरसुनकोशी–२२३रसुवा घट्टेखोला कैलाश होटल
३४सुमन बुर्जा मगरसुनकोशी–२२१रसुवा घट्टेखोला कैलाश होटल
३५सबिन बुर्जा मगरसुनकोशी–२१८रसुवा घट्टेखोला कैलाश होटल
३६नेत्र बहादुर स्याङ्वा तामाङसुनकोशी–७४६पर्यटक लिन रसुवा गएको

प्रशासनले सूची प्रारम्भिक विवरणमा आधारित रहेको जनाउँदै खोजी तथा उद्धार कार्य अघि बढिरहेकाले थप सूचना प्राप्त हुनसक्ने जनाएको छ। सम्पर्कविहीन व्यक्तिबारे जानकारी प्राप्त हुनेबित्तिकै सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरिएको छ।