काठमाडौं, भदौ ११ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न बैंक तथा निजी क्षेत्रका संस्थाले उक्त रकम सहयोग गरेका हुन्।
अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, नेपाल बैंकले ३ करोड १ लाख र कुमारी बैंकले ३ करोड रुपैयाँ प्रदान गरेका छन्।
त्यस्तै, निफ्रा बैंकले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र सारस बेभरेज (रेडबुल)ले २ करोड रुपैयाँ सहयोग गरेका छन्।
एनसेलले १ करोड तथा शिव शक्ति ग्रुपले ५१ लाख रुपैयाँ सहयोग गरेको मन्त्रालयले जनाएको छ। रिलायन्स सुगर मिल एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ प्रदान गरेको छ।
अर्थ मन्त्रालयका अनुसार संकलित रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको रकममा आधारित हो। सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यका लागि कोषको रकम परिचालन गर्ने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्