काठमाडौं, भदौ १२ । काठमाडौंको टोखा–छहरेहुँदै रसुवाको धुन्चे जोडने सडक सुचारु भएको छ ।
भोटेकोशी नदीमा आएको बाढीसँगै अवरुद्ध बनेको यो सडक शुक्रवार दिउसो ३ बजेबाट सुचारु गरिएको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ ।
मन्त्री लम्सालका अनुसार अवरुद्ध सडकमा स्काभेटरमार्फत अवरोध खुलाएर साना सवारी साधन सञ्चालन गर्न सक्ने बनाइएको छ । मन्त्री लम्सालले भन्नुभएको छ, ‘ काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली –पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।’
यो सडक सुचारु भएसँगै भोटेकोशीको बिनाशकारी बाढीपछि सडक सञ्जालबाट बिच्छेद भएको रसुवा पुनः सडक सञ्जालमा जोडिएको छ । पूर्वाधारमन्त्री लम्सालले भन्नुभएको छ, ‘सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ ।’














प्रतिक्रिया दिनुहोस्