काठमाडौं, भदौ १२ । रसुवाको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षती भएपछि सरकारले प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूका लागि विभिन्न बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ ।
सरकारले आठ वटा बैंकमा १५ वटा खाता नम्बरमार्फत रकम पठाउन सक्ने सूचना दिएको हो । अर्थ मन्त्रालयका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य बैंकहरूको खाता नम्बर उपलब्ध गराइएको हो ।
विपद् व्यवस्थापनका लागि स्थापित यस कोषमा तोकिएका आठ बैंकका १५ खाता नमबर मार्फत रकम जम्मा गर्न सकिनेछ ।जसमा हिमालयन बैंक लिमिटेडमा भने अमेरिकी डलरका लागि खाता नम्बर ०१९०५६३१२१००४६ तोकिएको छ ।
यस्तै अन्य बैंकमा ग्लोबल आइएमई बैंकको ००४०१०१०१००००००५७ र ००४११०१००००००००५, नबिल बैंकको १७१००१७५०५२८५, एभरेष्ट बैंकको ००१००१०५२००२७० र ००१०११०२२०००१२, नेपाल बैंकको ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१ खातामार्फत सहयोग गर्न सकिने छ ।
यसैगरी कृषि विकास बैंकको ०१००२०१००२९०७०१४, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खाता ०१०१३२४३८०१ र ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंकको ११३०१००००३७६२००१ र ११३०१०००००००६००६ खातामा सहयोग जुटाउन अनुरोध गरिएको छ ।
साथै, प्रधानमन्त्री राहत कोषका लागि भने राष्ट्रिय वाणिज्य बैंकमा खाताहरू रहेका छन् । जसअनुरुप राष्ट्रिय वाणिज्य बैंकको १४३०१००००००२५००६ र १४३०१०००११६४०००१ मा रकम पठाउन सकिने छ ।
अर्थ मन्त्रालयले रकम जम्मा गर्नुअघि सम्बन्धित बैंकबाट खाता नम्बर पुष्टि गर्न समेत विशेष आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्