जनता टाइम्स

९ पुष २०७६, बुधबार १८:४३

कृतिम हिमपात गराएर उपत्यकादेखि देशभर यसरी मनाइयो क्रिसमस (फोटोफिचर)


काठमाडौं, पुस ९ । इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाइरहेका छन् । राजधानी काठमाडौंको विभिन्न सपिङ मलहरुमा पनि कृतिम हिमपात वर्षा गराएर क्रिसमस मनाइएको छ । पर्यटकीय बजारहरुमा मंगलबार साँझदेखिनै क्रिसमसको रमझम सुरु भएको थियो ।

२००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्दै आएका छन् । क्रिसमसको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सवैजसो नेताहरुले शुभकामना दिँदै सामाजिक सदभावको पक्षमा लाग्न अपिल गर्नुभएको छ ।