जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार १०:३३

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार


काठमाडौं, भदौ १३ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये शनिबार बिहानसम्म ६१६ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानबाट ६१६ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।

बाढी प्रभावित विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा उद्धार गरिएकाको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।