जनता टाइम्स

९ पुष २०७६, बुधबार १९:२२

प्रधानमन्त्रीलाई कानुन र शहरी विकास मन्त्रालयको जिम्मेवारी


काठमाडौं, पुष ९

राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनु भएको छ । संघीय समाजवादी पार्टीले सरकार छाडेसँगै सो दुई मन्त्रालय मन्त्रीविहिन बनेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज एक विज्ञप्ती निकाल्दै सो जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिएको जानकारी गराउनु भएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र माननीय सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरुले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ’, विज्ञप्तीमा भनिएको छ ।