काठमाडौँ, भदौ १३ । रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७, रुकुम पश्चिमका ९, मुगुका ११, हुम्लाका ७, जाजरकोटका ३, दैलेखका ५, कालीकोटका ६ र डोल्पाका २ जनाको अवस्था अज्ञात छ ।
अवस्था अज्ञात रहेकामध्ये १६३ पुरुष, २७ महिला, ४ बालक र ३ बालिका छन् ।
प्रहरीका अनुसार बाढीपछि ६४ पुरुष, ५ महिला र १ बालक गरी ७० जना भने सम्पर्कमा आएका छन् ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेकाले अज्ञात रहेकाको अवस्था पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्