जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०९:०३

झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा


काठमाडौं, भदौ १४ । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै बिर्तामोडस्थित स्टोर आजदेखि पुनः सञ्चालनमा आएको जानकारी दिनुभएको हो।

गत वर्ष भदौ २४ गते जेनजी युवाको आन्दोलनका क्रममा आगजनी भएपछि बिर्तामोडस्थित भाटभटेनी स्टोर बन्द रहेको थियो। पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनपछि स्टोर पुनः सञ्चालनमा ल्याइएको हो।

अध्यक्ष गुरुङका अनुसार धरान र काठमाडौंको टंगालस्थित भाटभटेनी स्टोर पनि छिट्टै पुनः सञ्चालनमा ल्याइनेछ।