काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि थप पाँच दिनको समय दिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने निर्णय गरेको हो।
पार्टीको वृहत्तर हित, एकता तथा क्रियाशील सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिक गर्न छुट भएका सदस्यलाई थप अवसर दिने निर्णय गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले तोकिएको अवधिभित्र छुट भएका क्रियाशील सदस्यहरूले आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गराउन सक्ने व्यवस्था गरेको छ।
कांग्रेसले यसअघि निर्धारण गरेको समयसीमाभित्र सदस्यता नवीकरण गर्न नसकेका सदस्यलाई थप अवसर दिँदै संगठनात्मक प्रक्रिया व्यवस्थित गर्न यो निर्णय गरेको हो।














प्रतिक्रिया दिनुहोस्