काठमाडौं, भदौ १६ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बश्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।
बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ । बैंकले बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।














प्रतिक्रिया दिनुहोस्